२२ असार २०८३, सोमबार

हत्या आरोपमा एक पक्राउ

हत्या आरोपमा एक पक्राउ

भानु नगरपालिका–६ बस्ने ४९ वर्षीय सन्तबहादुर गुरूङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा व्यास नगरपालिका–८ रिस्ती बस्ने २४ वर्षीय आशिस परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

भानु नगरपालिका–६ टुहुरे पसलस्थित भित्री सडकमा सन्तबहादुरलाई परियारले खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय चन्द्रवती र ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्