२१ असार २०८३, आइतबार

नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौं ल्याइँदै

नेपाली सेनाको हेलिकोप्टरबाट शव काठमाडौं ल्याइँदै
प्रतिकात्मक तस्वीर

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव मंगलवार नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदैछ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार शव काठमाडौं पठाउने तयारी भइरहेको छ ।

दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पोखरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले मंगलवार पोखराको मौसम सफा रहेकाले बिहान १० बजेपछि शव काठमाडौं आइपुग्ने बताए । शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमवारै पोखरा पुगेको थियो ।

दुर्घटनामा बेपत्ता ३ जनाको खोजीकार्य मंगलवार पनि बिहानैदेखि शुरू गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोर सहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले छ ।

salt training

कमेन्ट गर्नुहोस्