२२ असार २०८३, सोमबार

पोखरा विमान दुर्घटनामा चिनियाँ राष्ट्रपतिद्वारा समवेदना व्यक्त

पोखरा विमान दुर्घटनामा चिनियाँ राष्ट्रपतिद्वारा समवेदना व्यक्त

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार  राष्ट्रपति विद्यादेवी भण्डारीलाई  नेपालमा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाएका छन् ।
आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।  दुर्घटनामा आफन्त गुमाउँने शोक सन्तप्त परिवारप्रति उनले चिनियाँ सरकार र जनताको तर्फबाट गहिरो समवेदना समेत व्यक्त गरेका छन् । 

पोखरामा पाँच जना भारतीयसहित ७२ यात्रु बोकेको यति एयरलाइन्सको यात्रुवाहक विमान खोलामा खस्दा ७० जना मृतकको शव फेला परिसकेको छ भने २ जनाको खोजीकार्य जारी छ । 

दुर्घटनाग्रस्त विमानको फ्लाइट डेटा रेकर्डर र ब्ल्याक बक्स  नेपाली सेनाले  नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई हस्तान्तरण गरिसकेको छ । । दुई इन्जिन भएको एटीआर ७२ विमान हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनु केही मिनेटअघि दुर्घटना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्