२१ जेठ २०८३, बिहीबार

मोटरसाइकल दुर्घटनामा संसद् सचिवालयका अधिकृतको मृत्यु

मोटरसाइकल दुर्घटनामा संसद् सचिवालयका अधिकृतको मृत्यु

प्रदेश १ प्रदेशसभा सचिवालयका एक अधिकृतको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

बुधबार बिहान भएको दुर्घटनामा संसद् सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घर धरान हो ।

मोटरसाइकल चलाएर धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दुर्घटनामा परेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो । विराट शिक्षण अस्पतालमा उनलाई भर्ना गरिएको थियो । उपचारकै क्रममा अपराह्न उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक बुढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन् । विराटनगरमा उनीहरूको उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्