०२ साउन २०८३, शनिबार

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नौ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नौ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–१ बस्ने ४२ वर्षीय ईमबहादुर कार्कीलाई घटनाको ९ वर्षपछि प्रहरीले पक्राउ गरेको हो । 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१५ चारदोबाटोस्थित सडकमा २०७० जेठ २७ गते दिउँसो ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको बा.३ च ५२७५ नम्बरको एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक कास्की घर भएका कार्की फरार रहँदैआएका थिए ।

भक्तपुर गठ्ठाघर बस्ने ६७ वर्षीय शिवशरण रेग्मीको दुर्घटनामा मृत्यु भएको थियो । घटना पश्चात फरार रहेका एम्बुलेन्स चालक कार्कीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले त्यसबारे अझै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्