३१ असार २०८३, बुधबार

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

बर्दिबास नगरपालिका–३ पाटु मोडमा सिन्धुलीको लङ्गुरखोलाबाट बर्दिवासतर्फ आउँदैगरेको प्रदेश २–०२–००१ त.२२६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दुर्घटना हुँदा औरही गाउँपालिका–५ चकर टोल बस्ने ३५ वर्षीया अमेरिका देवीको मृत्यु भएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रमामा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य २८ जनामध्ये १२ जनाको जनसेवा अस्पताल बर्दिवासमा, ७ जनाको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा र ९ जनाको साई मल्टी स्पेसिलिष्ट हस्पिटल एण्ड ट्रमा सेन्टर बर्दिवासमा उपचार भइरहेको छ । ४ जनालाई थप उपचारको लागि चन्द्रकला अस्पताल जनकपुर रिफर गरिएको प्रहरीले जनाएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ । 

यसैगरी महोत्तरी औरही नगरपालिका–२ स्थित बर्दिबास जलेश्वर सडक–खण्डमा ना.३७ प ७२३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय गोगाई ठाकुरको बिहीबार मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि न्युरो अस्पताल मुरली चोक जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्