३० असार २०८३, मंगलबार

अन्तर्दृष्टि पुरस्कार वितरण

अन्तर्दृष्टि पुरस्कार वितरण

वसन्तपञ्चमीको अवसरमा २०७९ सालको अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको छ । काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा आयोजित विशेष समारोहमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले सो पुरस्कार वितरण गरेका हुन् । 

अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण गरिएको हो । 

शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच, दृष्टिकोण लगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार वागमती प्रदेशस्थित ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मञ्जु सुवेदीलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीका सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी छनोट गरेअनुसार वागमती प्रदेशस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी दुर्गादेवी वाइबालाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको छ ।

पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाज निर्माणमा योगदान गर्ने पत्रकारमध्ये पत्रकार अनिता भेटवालाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

पत्रकार अनिता भेटवालले अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारले अपांगता भएका, समाजमा उपेक्षित तथा पछाडि पारिएका समुदायका विषयमा लेख्न थप जिम्मेवारी बढेको धारणा राखिन् । 

salt training

कमेन्ट गर्नुहोस्