रत्ननगर नगरपालिका–८ चित्रसारीमा बागमाराबाट चित्रसारीतर्फ जाँदैगरेको एक जनाको साइकलबाट लडेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने ४८ वर्षीय सुनबहादुर लोप्चनको शुक्रबार घटनास्थलमै मृत्यु भएको हो ।
सो विषयमा जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।