३१ असार २०८३, बुधबार

तीन जना मृत अवस्थामा फेला

तीन जना मृत अवस्थामा फेला

काठमाडौंको टोखा नगरपालिका–३ भुतखेल डेरागरी बस्ने उदयपुर रितु गाउँपालिका–६ घर भएका ३६ वर्षीय हेमबहादुर जोगी आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिररहेको जनाएको छ । 

त्यस्तै, बझाङको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा दुर्गाथली गाउँपालिका–१ बस्ने ७६ वर्षीया जौमती सार्की शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । 

यसैबीच    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ सालडाँडा बस्ने ७१ वर्षीय देबराज भट्टराई आफ्नै घर नजिक शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्