
झापा प्रहरी कार्यालयको गस्ती टोलीले बीस हजार रुपैयाँ बरावरको अवैध सुपारी नियन्त्रणमा लिएको छ । सतिघट्टाबाट खटेको प्रहरी टोलीले मंगलबार सो सुपारी नियन्त्रणमा लिएको जनाएको छ ।
झापा प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता वसन्त पाठकका अनुसार प्रहरी चौकी सतिघट्टाबाट खटिएको टोलीले झापा मेचीनगर नगरपालिका ७ गैरिगाउँस्थित नेपालबाट भारततर्फ अबैध रुपमा लग्दैगरेको अन्दाजी २० हजार मुल्य बराबरको २० किलोग्राम सुपारी बरामद गरेको हो ।
सोबारेमा आवस्यक कार्वाहीका लागि पक्राउ गरिएको सुपारी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको प्रवक्ता पाठकले बताए ।