जेठ २१, २०८०
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । आज दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको ...
कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन् । नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छन् ।
पुलमार्फत् ओहोरदोहोर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुल्क लिन्छिन् ।
पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले ४० रुपैयाँ र साइकल सवारले ५ रुपैयाँ बुझाउँछन् । रानाको यो पछिल्लो ३ वर्षदेखिको दिनचर्या हो ।
नदी छेउमै काठको वेरियर छेउ सानो पसल पनि राखेकी छन् उनले । पुल भएर ओहोरदोहोर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले उनले घर खर्च चलाएकी छन् । पुल प्रयोग गर्नेहरूबाट उनले दैनिक १ हजारदेखि २ हजार ५०० रुपैयाँसम्म रकम उठाउँछिन् । पतिको निधन भएपछि छोरा बुहारी, नाती नतिनाको खर्चको जोहो गर्न उनले नदीमा अस्थायी पुल राखेकी हुन् ।
‘रोजगारी छैन । खेती गर्न जग्गा छैन । नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौं,’ उनले भनिन्, ‘हरेक वर्ष बर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु ।’
उनले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्छिन् । नदीमा ७ महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ ।
रानाले अस्थायी रूपमा काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठड्याइएका छन् तर १ दशकअघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरूप कहिले लिने हो टुंगो छैन ।
स्थानीय बोटसिंह राना भन्छन्, ‘कृष्णपुर नगरपालिकाको वाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो । निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुल्क तिरेर तर्न बाध्य छौं ।’
दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ । नदी तर्नेबाट त्यस ठाउँमा समेत शुल्क लिइने गरिएको छ । नदीमा निर्माण गरिएको झोलुङ्गे पुल गत भदौको अन्तिम हप्ता आएको बाढीले ढालेपछि स्थानीय शुल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन् ।
नदीमा काठको अस्थायी पुल राखेर शुल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताए । पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जनाले बाँडेर लिने गरेको उनले सुनाए श्र
दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत् पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ । ‘अस्थायी भए पनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भएपनि सुविधा पुगेको छ,’ स्थानीय प्रकाश खुनाले भने, ‘थोरै शुल्क लिँदा चित्त दुखाएका छैनौं, बरु सेवा पाएका छौं ।’
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । आज दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको ...
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमा...
राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद र छुवाछूतका सबै घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज छुवाछूत मुक्...
उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रुपमा प्रकृति र प्राकृतिक वातारणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले विश्व वातावरण ...
जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ। रास्वपाले डेङ्गु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्कल्प प्रस्ताव दर्ता गराएको ह...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...