जेठ ११, २०८०
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
चीनले विज्ञान तथा प्रविधिको क्षेत्रमा लगातार परीक्षण गरिरहेको छ ।
हालै चिनियाँ वैज्ञानिकहरूले गरेको दाबीअनुसार, क्लोनिङमार्फत तीनवटा ‘सुपर काउ’ तयार भएको छ । यी गाईहरूले आफ्नो जिन्दगीभरिमा २ लाख ८३ हजार लिटर दूध दिन सक्छन् ।
नर्थवेस्ट विश्वविद्यालयका वैज्ञानिकहरूले यी तीनै गाईको ब्रीडिङ गरेका हुन् । नेदरल्यान्ड््सबाट ल्याइएको होलस्टीन फ्रीसियन गाईका यी क्लोन हुन् ।
यौनविना नै एक जीवबाट अर्को जीव तयार पार्ने प्रक्रियालाई क्लोनिङ भनिन्छ । वैज्ञानिकहरूले एउटा जनावरको डीएनए लिएर त्यसको सहायताले उक्त जनावरको प्रतिरूप तयार पार्छन् । साथै वैज्ञानिकहरूले आफ्नो सहुलियतको हिसाबमा त्यसको जिनमा परिवर्तन गरी सामान्य जनावरको तुलनामा बढी शक्तिशाली जनावर बनाउँछन् ।
वैज्ञानिकहरूका अनुसार, एक सुपर काउले वर्षदिनमा १६ हजारभन्दा बढी दूध दिन सक्छ । यो अमेरिकाको सामान्य गाईले दिनेभन्दा १.७ गुणा बढी दूध हो ।
आगामी तीन वर्षमा यस्ता एक हजार सुपर काउ बनाउने चीनको योजना छ । त्यसले डेरी उद्योगलाई फाइदा हुनेछ । अनि विदेशबाट दूधको आयात पनि गरिरहनुपर्दैन ।
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
अमेरिकाको न्यु मेक्सिको राज्यमा वैज्ञानिकहरूले एउटा टोलीले पशुपक्षीका बारेमा अध्ययन गर्ने नौलो तरिका खोजेको छ । वैज्ञानिकहरूले मरेका अनि भुसा भरिएका चरामा ड्रोन जडान गरी वास्तविक चराको उडान तरिकाको ...
भारतस्थित उत्तरी दिल्लीको बारापुल्लाह-नोएडा लिंक रोड क्षेत्रमा निर्माणाधीन फ्लाइओभरबाट कार खस्दा ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। दुर्घटना शुक्रबार भएको हो । मृतकको नाम जगनदीप सिंह हो, जो दिल्लीको कृष्णनग...
जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् । टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...
भारतको आन्ध्र प्रदेशमा रहेको वेमना इंदलू गाउँका मानिस कहिले पनि जुत्ता चप्पल लगाउँदैनन् । गाउँको स्थापना भएदेखि नै यस्तो परम्परा चलिआएको हो । अनि यस गाउँबाट बाहिर गएर फर्किने बेलामा नुहाइधुवाइ नगरी ...
अहिले विद्युतीय गाडीको बजार विस्तार भइरहेको बेलामा जापानले निकै द्रुत गतिमा दौडिने एउटा कार सार्वजनिक गरेको छ । आस्पार्क आउल नामक उक्त कार २०० माइल (३२२ किलोमिटर) प्रतिघन्टाको गतिमा दौडिन सक्छ । यति...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...