×

NMB BANK
NIC ASIA

भारतबाट आयातित अण्डाका कारण नेपाली अण्डाले बजार नपाएर किसानको बिचल्ली हुने क्रम नरोकिएपछि अण्डा उत्पादक किसान संघ बागमतीले आन्दोलन शुरू गर्‍यो । आन्दोलनको नेतृत्व गरेका थिए, संघका अध्यक्ष प्रकाश अधिकारीले । उनी कुनै बेला नेपाली चलचित्र उद्योगका चल्तीका नायक पनि हुन् । 

Muktinath Bank

अधिकारीको नेतृत्वमा भारतबाट आउने अण्डालाई काठमाडौं भित्रिन नदिन नागढुंगा लगायतका विभिन्न नाकामा मध्यरातसम्म गस्ती गर्न थालियो । प्रहरी प्रशासनले पनि कडाइ गरिरहेकै थियो । तर, पनि अण्डा आयात नरोकिएपछि अधिकारीले अनेक कोणबाट छड्के जाँच गरे । त्यसपछि जे तथ्य भेट्टाए, त्यसबाट उनी निराश हुन पुगे । दलालहरू सामु आफूले ‘कुनै पनि हालतमा नसक्ने’ निष्कर्षमा पुगेपछि उनले हार खाए । केही निहुँ पारेर आन्दोलन टुंग्याए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले फेला पारेको तथ्य हो, संघकै पदाधिकारीहरू भारतीय अण्डा आयात गर्ने मुख्य एजेन्ट रहेछन् । दिउँसो स्वदेशी उत्पादनलाई जोड दिँदै भारतीय उत्पादन बहिष्कार गरौं भनेर भाषण गर्ने अनि राति–राति आफैंले भारतबाट अण्डा ल्याउने उनीहरूको धन्दा रहेछ । आफैंले आन्दोलनको नेतृत्व गर्ने भएपछि कतिबेला कहाँ कस्तो कार्यक्रम हुन्छ भन्ने थाहा हुने भैहाल्यो । त्यो अवधि कटाएर निश्चित समयमा विभिन्न नाकाहरूबाट भारतीय अण्डा भित्र्याउने काम उनीहरूले गर्दा रहेछन्, अर्थात् आफैं बोक्सी, आफैं झाँक्री ।


Advertisment
Nabil box
Kumari

यो एक दशकअगाडिको घटना हो । अधिकारीसँग मेरो भेट नभएको पनि वर्षाैं भयो । उनी अचेल कहाँ के गर्दैछन्, थाहा छैन । यत्ति थाहा छ, अण्डा उत्पादनलगायतका कुनै पनि कृषि कर्ममा छैनन् । 

Vianet communication
Laxmi Bank

शुक्रवार चितवनका किसानले सडकमा तरकारी फालेर गरेको विरोध प्रदर्शनपछि मैले प्रकाश अधिकारी र उनले भारतीय अण्डा रोक्न गरेको आन्दोलन अनि त्यसको नियतिलाई सम्झिएँ । मेरो आशय चितवनमा शुक्रवार गरिएको विरोध प्रदर्शन वा अरू किसान आन्दोलनप्रति प्रश्न उठाउने होइन, नेपालमा समग्रमा किसान आन्दोलन किन सफल हुँदैनन् भन्ने दृष्टान्त दिनु हो । कतिपयलाई अलि बढी लेख्यो भन्ने लाग्न सक्छ, नेपालमा आजको दिनमा किसानसँग सम्बन्धित कुनै पनि संघसंस्था र निकायहरूमा निष्कलंक रूपमा किसानप्रति सद्भाव राख्ने मानिसहरूको संख्या अति नै सानो छ ।

मन्त्रिपरिषददेखि कृषि मन्त्रालयसम्म, राजनीतिक पार्टी र तिनका संघ संगठन, दातृ निकाय र गैरसरकारी संघ–संस्थाहरूका पदाधिकारी तथा तिनीहरूको कार्यशैली हेर्दा, विश्लेषण गर्दा उनीहरू को नियत स्पष्ट हुन्छ । उनीहरूका लागि किसान फगत सोकेसमा राखिएका आकर्षक ‘डमी’हरू मात्र हुन्, जुन कार्यक्रममा भीड जुटाउन, चुनावमा भोट जुटाउन, सामाजिक सञ्जालहरूमा लाइक जुटाउन काम लाग्छन् । भाषण र बजेट भाषणहरूमा, नीति र कार्यक्रमहरूमा आकर्षक नारा दिएर वाहवाही जुटाउन काम लाग्छन् । त्यत्ति गर्न किसानका मुद्दालाई निरन्तर ब्युँताइहेकाछन् । उठाएर क्रान्तिकारिता प्रदर्शन गरिरहन्छन् । 

अहिले चितवन घटनापछि प्रमुख राजनीतिक पार्टीका नेताहरूले समेत सामाजिक सञ्जालमा, सञ्चारमाध्यममा ‘किसानप्रति हाम्रो ऐक्यबद्धता छ’ भन्दै रोइलो मच्चाइरहेका छन् । के भनेझैँ साँच्चै नै उनीहरू किसानका समस्याप्रति चिन्तित छन् ? त्यसो भए कांग्रेस—एमाले—माओवादी—रास्वपाले आफ्ना नेता कार्यकर्ताहरूलाई अवैधरूपमा कृषि उपजको आयात नगर, गर्‍यौ भने कारवाहीमा पर्छाै भनेर भन्न किन सक्दैनन् ? कुनै पदको भागबण्डाका लागि दिनमै पटक–पटक ‘लन्च मिटिङ’ गर्न सक्ने उनीहरूले किसानका समस्या समाधानका लागि एउटा संयुक्त बैठक राखेर ठोस रूपमा  ‘एक्सन’ लिन किन सक्दैनन् ? पार्टीका निकायहरू (अझ कृषि विभागहरू, किसान संघ–संस्थाहरू) मा चिनिएका दलालहरूलाई किन नियुक्ति दिन्छन् ? किसान संघ संगठनमा दलालहरूकै हालीमुहाली किन चल्छ ? यत्ति प्रश्नको जवाफ खोज्ने हो भने प्रकाश अधिकारीहरू किन पलायन हुन्छन् र चितवनका किसानहरूले आफ्नो उत्पादन किन सडकमा फाल्न बाध्य भए भन्ने प्रश्नको जवाफ स्वतः पाउन सकिन्छ । 

धेरैलाई लाग्छ, किसानको समस्याका मुख्य कारण व्यापारी हुन्, बैंक र इन्स्योरेन्स कम्पनीहरू हुन् । तर, तिनीहरूले सिर्जना गरेका समस्याहरू सहायक मात्र हुन् । मुख्य समस्या त राजनीतिक र प्रशासनिक नेतृत्वको वरपर रहेका ठग र माफियाहरूको औपचारिक, अनौपचारिक जञ्जाल, विज्ञहरू र पत्रकारहरूको भ्रमको खेती मुख्य कारण हो ।

चितवन घटनाको बारेमा चर्चा गर्दा मैले सम्झिएको अर्काे नाम रणबहादुर चन्द हो । नेपाल प्रहरीको डीआईजीबाट अवकाश पाएका चन्दले नेपालको कृषि विकास मात्र होइन, आर्थिक विकासका लागि नै एउटा गज्जबको ‘आइडिया’सहित काम गर्न खोजिरहेका थिए । उनको ‘आइडिया’ थियो– सुरक्षा अंगमा कार्यरत पदाधिकारीहरूका श्रीमतीहरूको सहकारी बनाउने र त्यो सहकारीमार्फत हरेक सुरक्षाकर्मीको परिवारलाई कृषि उत्पादनमा लगाउने । त्यसरी उत्पादित कृषि उपजलाई सुरक्षा निकायका मेसहरूले खरिद गर्ने । बाहिरबाट खरिद नगर्ने । त्यसो गर्दा एकातर्फ सुरक्षाकर्मीका परिवारहरू आत्मनिर्भर हुन्थे भने अर्कातर्फ मेसहरूमा माछा, मासु, तरकारी, फलफूल खरिदको नाममा हुने निकै ठूलो खर्च जोगिन्थ्यो । 

त्यो ‘आइडिया’ कार्यान्वयनका लागि चन्दले धेरै ठाउँ धाए । धेरै पदाधिकारीहरूसँग हारगुहार गरे । कसैले पनि उनको सोचलाई गलत भनेनन्, सबैले ‘आहा ! कस्तो राम्रो आइडिया’ भन्दै प्रशंसा नै गरे । तर, लौ न त गरौं भन्दा कसैले पनि चासो दिएन, । अनेक बहाना बनाएर टारिरहे । किन ? किनकी सुरक्षा निकायका मेसहरूमा माछा, मासु, तरकारी, फलफूलहरू खरिद गर्दा जुन कमिसन आउँछ, सुरक्षाकर्मीकै परिवारले उत्पादन गरेर त्यही उपयोग गर्नु परेपछि कमिसन घट्ने निश्चित थियो । अनि उनीहरूले त्यसलाई किन कार्यान्वयन गर्थे ? आजको दिनमा सुरक्षा निकायका मेसहरूमा पाक्ने विदेशी कृषि उपजको खरिद र त्यसक्रममा हुने कमिसनको ‘डिल’ लाई रोक्ने हो भने नेपाली कृषि उपजको बजारीकरणले एउटा ठूलो फड्को मार्नेछ । र, किसानले रुँदै तरकारी फाल्नु पर्ने छैन । 

तर, गर्ने कसले ? 

कृषि क्षेत्रका विज्ञ र नीति निर्माता डाक्टरहरूको त कुरै गर्नु परेन । उनीहरूले बनाएको अहिलेसम्मकै सबैभन्दा राम्रो नी

ति २० वर्षे कृषि रणनीति हो । कृषि विकासको महत्त्वाकांक्षी निबन्ध लेखेर कृषि क्षेत्रका विज्ञ रणनीतिकारहरूले २० करोड रुपैयाँ तलब भत्ता खाएर आफ्नो ‘काम’ गरे । र, त्यो कस्तो छ र त्यसले कल्पना गरेको कृषि विकासको परिणाम कस्तो भैरहेको छ भन्ने कुराको एउटा ‘टेस्टिङ’ शुक्रवारको चितवन घटना हो ।

अहिले तिनै विज्ञहरूले सामाजिक सञ्जालमा किसानका मुद्दा सम्बोधनका लागि यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्दै दिएका उपदेश सुन्दा मलाई भने सी ग्रेडका भारतीय फिल्मका नायकहरूले हिरोइनसँग बोलेका भद्दा ‘डायलग’हरू जस्तै लाग्छ । विज्ञ महोदय ! किसानको आसुँमा खेल्दै मच्चाउने प्रोजेक्टरका व्यापारहरू बन्द गर । अति भयो किसानको नाममा प्रोजेक्टरको व्यापार, अति भो विज्ञताको खेती, तिम्रो खेती बन्द नहुन्जेल किसानको खेती फस्टाउन नसक्ने भयो । 

चितवन घटनाका अर्को कारक पत्रकारहरू हुन् । पत्रकारको आवरण भिरेका त्यस्ता पात्रहरू छन्, जसले किसानको समस्या समाधानमा सहयोगी भूमिका खेल्नुभन्दा पनि उनीहरूलाई कहिले उचालेर त कहिले पछारेर आफ्नो जीवन निर्वाह गर्छ । उनीहरूका लागि किसानका समस्या वा सफलताको कथा सूचना सम्प्रेषणको माध्यम होइन, आफ्नो स्वार्थ पूरा गर्न ‘खेल्ने’ माध्यम हो । भाइरल बन्ने र बनाउने माध्यम हो ।

त्यसैले कहिले उसले पवन गोल्यानका सफलताका कथा छापेर आफ्नो स्वार्थ पूरा गर्छ त कहिले ‘तरकारीवाली’का तस्विरहरूलाई भाइरल बनाएर आफ्नो ‘टीआरपी’ बढाउँछ, कहिले विनिता बरालहरूका ‘सेक्सी’ तस्विरसहितको कथा छापेर ‘युवालाई प्रोत्साहन’ दिएको नाटक गर्छ । नेपालको पत्रकारिता क्षेत्रले सफलताको मानक मानेर वाहवाही गरेका पात्रहरू कहाँ छन् ? तिनीहरूको नियत र हविगत के छ भनेर स्मरण गर्ने हो भने नेपालमा पत्रकारहरूले पत्रकारिता गरिरहेका छन् कि कुन्नी के कारिता गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ । 

यदि सञ्चारमाध्यमहरूले, पत्रकारहरूले आफ्नो पेशागत धर्मलाई साक्षी राखेर काम गर्ने हो भने नेपालको कृषि क्षेत्रका धेरै समस्याहरू समाधान हुन सक्छन्, किनकी कृषि क्षेत्रका धेरै समस्याहरू समाचार र सूचनाको ‘मिस लीड’का कारण सिर्जना भएका छन् ।  

धेरैलाई लाग्छ, किसानको समस्याका मुख्य कारण व्यापारी हुन्, बैंक र इन्स्योरेन्स कम्पनीहरू हुन् । तर, तिनीहरूले सिर्जना गरेका समस्याहरू सहायक मात्र हुन् । मुख्य समस्या त राजनीतिक र प्रशासनिक नेतृत्वको वरपर रहेका ठग र माफियाहरूको औपचारिक, अनौपचारिक जञ्जाल, विज्ञहरू र पत्रकारहरूको भ्रमको खेती मुख्य कारण हो । यदि पत्रकारहरू र सञ्चार माध्यमले पत्रकारिताको धर्मलाई सर्वाेपरी मानेर काम गर्ने हो र राजनीतिक तथा प्रशासनिक नेतृत्वले दलाल र माफियाहरूलाई प्रोत्साहित नगर्ने हो भने व्यापारी, बैंक र इन्स्योरेन्स कम्पनीहरू २ दिनमा ठीक ठाउँमा आउँछन् । अनि बल्ल कृषि क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्छन् । त्यसका लागि भावानात्मकरूपमा उत्तेजित भएर आफ्नै उत्पादन सडकमा फाल्ने होइन कि कृषि क्षेत्रका दलाल र तिनका संरक्षकहरूको पहिचान गरेर (जुन कुनै ठूलो कुरो होइन) उनीहरूलाई तह लगाउने आँट गर्नुपर्छ । त्यसका लागि भरोसायोग्य नेतृत्व बनाउन सक्नु पर्छ । तब बल्ल किसान आन्दोलन सफल हुन सक्छ । अन्यथा किसानहरू जहिले पनि राजनीतिक पार्टी र दलालहरूका खेलौना मात्र बनिरहने निश्चित छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x