२२ असार २०८३, सोमबार

रेमिट्यान्स आय २४ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो पौने ६ खर्ब

रेमिट्यान्स आय २४ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो पौने ६ खर्ब
प्रतिकात्मक तस्वीर

रेमिट्यान्स आय २४.३ प्रतिशतले बढेको छ ।

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रतिवेदन अनुसार रेमिट्यान्स आय ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा नेपालबाट बाहिरिने श्रमिकको संख्या २ लाख ७५ हजार ६४३ पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले वृद्धि भएर १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २९८.१ प्रतिशतले बढेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्