२१ जेठ २०८३, बिहीबार

चोरी गर्ने दुई पक्राउ

चोरी गर्ने दुई पक्राउ

काठमाडौं महानगरपालिका –२६ सामाखुसी टाउन प्लानिङ बस्ने रबिन गुरूङको घरबाट नगद ९ लाख रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका –११ भण्डारीटोल बस्ने सुनसरी इटहरी उपमहानगरपालिका –१८ पकली घर भएका २० वर्षीय इकरामुल मिया र सुनसरी इनरुवा नगरपालिका –१० जलपापुर घर भएका १९ वर्षीय सेहेबुब आलम रहेका छन् । 

गुरूङको घरबाट माघ २३ गते नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यायल मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ सामाखुशी टाउन प्लानिङबाट चोरी भएको नगदमध्ये ४ लाख ५० हजार रूपैयाँ र चोरी गर्न जाँदा प्रयोग गरेका औजारहरूसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।     उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगञ्ज पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्