२१ जेठ २०८३, बिहीबार

मोरङमा बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ

मोरङमा बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ

बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–४ बाट एक पुरुषलाई पक्राउ गरेको छ । 

डर त्रास देखाएर आफ्नै घरमा बलात्कार गरेको भनेर किटानी जाहेरी परेपछि सुनवर्षी–४ का ५८ वर्षीय पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

करिब १ वर्षअघि २५ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

२०७८ साल फागुन १० गते आफूलाई ससुराले बलात्कार गरेको भनी बुहारीले इलाका प्रहरी कार्यालय रंगेलीमा मंगलबार जाहेरी दिएकी थिइन् । 

उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्