०१ साउन २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठक आज बस्दै, थारु आयोगको प्रतिवेदन पेश हुने

प्रतिनिधिसभा बैठक आज बस्दै, थारु आयोगको प्रतिवेदन पेश हुने

प्रतिनिधिसभाको बैठक आज अपरान्ह ३ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगको प्रतिवेदन २०७८–७९ पेश गर्ने कार्यसुची रहेको छ । 

संघीय संसद सचिवालयका महासचवि डा. भरतराज गौतमका अनुसार आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले २०७९–८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनका सम्बन्धमा धारणा राख्ने कार्यक्रम रहेको छ । 

त्यस्तै, बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका पूर्व सदस्य कर्मा घलेको निधनको शोक प्रस्ताव पेश गर्नुहुने कार्यसूची छ । घले २०७४ सालको प्रतिनिधिसभा सदस्य थिए । कांग्रेसबाट सांसद रहेका घलेको माघ २४ गते मंगलबार उपचारको क्रममा महाराजगञ्जमा ५९ वर्षको उमेरमा निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्