२२ असार २०८३, सोमबार

रियल म्याड्रिडले जित्यो क्लब विश्वकपको उपाधि

रियल म्याड्रिडले जित्यो क्लब विश्वकपको उपाधि

स्पेनिस क्लब रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै रियल म्याड्रिडले विश्वकपको उपाधि जितेको हो । 

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा भएको खेलमा हिलाललाई हराउँदा रियल आफ्नो पाँचौ उपाधि रक्षा गर्न सफल भयो ।  

जसमा रियलको भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल योगदान गरेका थिए ।  

अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल मात्रै गरे पछि उपबिजेतामा सीमित भयो । 
 

salt training

कमेन्ट गर्नुहोस्