×

NMB BANK
NIC ASIA

ओली झापामै भएका बेला दुर्गा प्रसाईंले पूर्वराजालाई ल्याएर गरे कार्यक्रम

एमाले नेताहरूको भने विरोध, कारबाही गर्न माग

फागुन १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा आएकै मौका छोपी दुर्गा प्रसाईँले पूर्वराजालाई ल्याएर कार्यक्रम गरेका छन् ।

Muktinath Bank

एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईँले सोमबार ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ को शुभारम्भ गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त कार्यक्रम पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका छन् ।


Advertisment
Nabil box
Kumari

उनको अभियान झापाको काँकडभिट्टाको मेची पुलबाट शुरू भएको छ । उनले अभियानलाई महाकालीसम्म पुर्‍याउने बताएका छन् ।

Vianet communication
Laxmi Bank

प्रसाईँले पूर्वराजा शाह, युवराज पारस शाह र उनको परिवारका सदस्यहरूलाई एकै मञ्चमा राखेर अभियान शुरू गरेका थिए ।

काँकडभिट्टामा उनले कार्यक्रम गर्दा एमालेका अध्यक्ष ओली भने झापा क्षेत्र नम्बर ५ मा पाटीका कार्यकर्ता तथा मतदाता भेट्न व्यस्त थिए ।

अभियानका लागि भन्दै प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि निम्त्याएका थिए ।

तर उनीहरू भने कार्यक्रममा सहभागी भएनन् ।  पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, पूर्वअधिराजकुमारी प्रेरणा शाहसहित राजपरिवारका सदस्यहरू ल्याएर प्रसाईँले कार्यक्रम गरेका हुन्। 

प्रसाईँले पूर्वराजालाई ल्याएर कार्यक्रम गरेपछि एमालेका जिल्ला स्तरका नेताहरूले भने विरोध गरेका छन् ।

पार्टीको विधि प्रक्रियाबाहिर रहेर केन्द्रीय नेताले नै कार्यक्रम गर्नु गलत भएकाले कारबाही हुनुपर्ने जिल्ला स्तरका नेताहरूले बताएका छन्।

केन्द्रका नेताहरू सबै जानकार भएकाले यसको फैसला चाँडै आउने एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताए ।

‘बैंकको महँगो ब्याजले व्यावसायी आत्महत्या गर्ने ठाउँमा पुगेको भन्दै एकातिर कुरा उठाइरहनुभएको छ,’ अध्यक्ष कार्कीले भने, ‘धर्मको पनि नाम जोडिरहनुभएको छ । उहाँको काम कारबाही कन्ट्रोभर्सी छन्।’

देशको कार्यकारी पदमा नभएको व्यक्ति (पूर्वराजा) लाई ल्याएर उद्योगी व्यापारीका समस्या समाधान गर्न नसक्ने पनि कार्कीले बताए ।

‘धर्मका कुरा उठाएर समस्या कसरी समाधान हुन्छ ? उहाँले समस्या भएको कुरा पाटी केन्द्रीय कमिटीभित्र पनि उठाउनुभएको भए हुन्थ्यो । एकातिर धर्मको कुरा गरेको छ अर्कातिर बैंकले मारो भनको छ, हामी रम्यौं भनेको छ । उहाँले धर्मको अर्कै मोड लिन खोज्नु भएको हो । अब म राजा ल्याउन सक्छु । राजेन्द्र लिङदेनले ल्याउन सक्दैनन् भन्ने कुरा गर्दै हिँड्नुभएको छ । धर्मको रक्षक म हुँ देश बचाउ भनेर भनेको छ । नेतृत्वले बुझेको छ । केही गर्ला, यतिकै त नराख्ला, राख्नु पनि हुँदैन’, अध्यक्ष कार्कीले आक्रोश भावमा भने।

यता नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले भने अध्यक्ष झापामै भएका बेला कार्यक्रम भएकाले यसबारे आफूलाई जानकारी नभएको बताए ।

उनले यस विषयमा कुनै पनि टिप्पणी नगर्नेसमेत बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x