×

NMB BANK
NIC ASIA

सामाजिक सञ्जालले निम्त्याएको तनाव

टिकटकमा बढ्दो अपराध– भिडियो डाउनलोड गरी अपशब्द राखेर प्रचार गरेपछि‍...

फागुन ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

झापाकी शर्मिला (नाम परिवर्तन) ले लामो समयदेखि सामाजिक सञ्जाल टिकटक प्रयोग गर्दै आएकी छन् । नयाँ–नयाँ ठाउँमा गएर भिडियो खिच्ने र भाइरल गीतहरूमा टिकटक बनाउने भएकाले उनका २ लाख ५० हजार भन्दै धेरै फलोअर्स छन् । 

Muktinath Bank

उनले २० लाखभन्दा  धेरै लाइक पाइसकेकी छन् । भर्खर २२ वर्ष पुगेकी शर्मिलाले डुएड गर्ने सिस्टम अन गरेकी छन् भने उनका भिडियो डाउनलोड गर्ने अप्सन पनि अन छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टिकटकमा रमाइरहेकी उनलाई यसकै कारण समस्या झेल्नुपर्ला भन्ने लागेको थिएन । अहिले उनी तनावमा छिन् । सामाजिक बदनामी त भएको छ नै अभिभावकको गाली पनि खानुपरेको छ ।


Advertisment
Nabil box
Kumari

उनको भिडियो डाउनलोड गरेर फेक आईडी बनाएर तथानाम लेखेर अपलोड गरिएको छ । उनको  लिप्सिङमा अर्कैले अपशब्दहरू बोलेर भिडियो अपलोड गर्ने गरेको पाइएको छ । भिडियोमा ‘मेरो विवाह भएको छैन, यदि कसैलाई विवाह गर्न मन छ भने फोन गर्नुस्’, ‘म भर्जिन छु, कसैलाई भर्जिन .... छ भने नम्बर कमेन्ट गर्नुस्,’ लेखेर भिडियो राखिएको छ ।

Vianet communication
Laxmi Bank

सोही फेक आईडीका कारण वास्तविक आईडीमा समेत जथाभावी कमेन्ट आएर उनी हैरान छिन् । चौतर्फी बदनामी हुन थालेपछि उनले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।

प्रहरीका अनुसार यो प्रतिनिधिमूलक घटना मात्र हो । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरूको भिडियो तथा फोटोको दुरुपयोग गरेर अपराध बढिरहेको छ ।

‘अहिले टिकटकमा अर्कै व्यक्तिको भिडियोमा अपशब्दहरू बोलेर भिडियो बनाउने समस्या देखिएका छन्,’ साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार खड्गीले लोकान्तरसँग भने ।

सञ्चारमाध्यममा बोलेका कुराहरूको भिडियो काटेर टिकटकमा अनर्थ लाग्ने गीत र अडियो राखी पोस्ट गर्ने गरेको पनि देखिएको छ । २ जनाको भिडियो जोडेर समाजमा अपाच्य शब्दहरूको प्रयोग गर्ने गरेको समेत देखिएको इन्सपेक्टर खड्गीले बताए ।

टिकटकबाटै अहिले जुवा खेलाउने र सट्टेबाजीको काम पनि हुने गरेको देखिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ ४ गते टिकटक लाइभमा जुवा खेलाएको आरोपमा ललितपुर– २८  हरिसिद्धिका ३५ वर्षीय हरिशचन्द्र मल्ललाई पक्राउ गरेको थियो । उनी टिकटक लाइभमा जुवा खेलाएर डिजिटल वालेटबाट कारोबार गरेको आरोपमा पक्राउ परेका थिए । उनले जुवा खेलाएर १५ दिनमा ८ लाख ५३ हजार रुपैयाँ कारोबार गरेको खुलेको थियो ।

प्रहरीका अनुसार पछिल्लो समय टिकटक लाइभमा बसेर विभिन्न अपराध गर्ने गरेको देखिएको छ । साइबर ब्यूरोको तथ्यांकअनुसार यो आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै २ सय ६२ वटा उजुरी परेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा २ सय ३३ वटा उजुरी परेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा जम्मा ७० वटा उजुरी आएको थियो । अहिले उजुरी आउने क्रम निकै बढेको छ ।

ब्यूरोको तथ्यांकअनुसार यो आर्थिक वर्षको ६ महिनामा फेसबूकमा अपराध गरेको भने २ हजार ९२७ वटा उजुरी परेको छ । भाइबर अपराध ४, इमो अपराध १०, युट्युब अपराध २५, ह्पाट्स एप अपराध १२२, ट्वीटर अपराध १३, इन्स्ट्राग्राम अपराध २८०, वेबसाइड ह्याक २२, इमेल ह्याक/अपराध २३, इसेवाबाट अपराध ७२ र बैंकहरूबाट ठगीका ९३ वटा उजुरी परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x