
नवाजुद्दीन सिद्दिकी समस्यामा पर्न थालेका छन्।
श्रीमती आलिया सिद्दिकीसँग कानुनी लडाइँ चलिरहेका बेला उनीमाथि अर्को आरोप लागेको छ । सपना रोबिन मसिह नाम गरेकी एक युवतीले रोएको भिडियो शेयर गर्दै आफूलाई सिद्दिकीले घरमा काम गरेबापत तलब नदिएको आरोप लगाएकी छन्।
सपनाले आफू दुबईमा नवाजको घरमा काम गर्न बसे पनि खान र पिउन नदिई एक्लै राखेको आरोप लगाएकी छन्।
सपना नवाजका छोराछोरीको हेरचाह गर्न दुबई गएकी थिइन्। उनी त्यहाँ घरेलु काम गरिरहेकी छन् ।
आलियाका वकिल रिजवान सिद्दिकीले सपनाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
भिडियोमा लेखिएको छ, ‘सपनालाई गलत तरिकाले काममा राखेर दुबई पठाइयो । सरकारी अभिलेखमा सपना सेल्स म्यानेजरका रूपमा दुबई गएकी थिइन् तर दुबईमा नवाजको घरमा घरेलु काम गर्छिन् ।'
नवाजुद्दीनले आफ्ना छोराछोरीको हेरचाह गर्न सपनालाई कम्पनीमार्फत काममा लिएका थिए तर काममा राखेप पनि आफूले तलब भने नपाएको सपनाले बताएकी छन्।