३१ असार २०८३, बुधबार

डीसीएको लगातार दोस्रो जित

डीसीएको लगातार दोस्रो जित

भैरहवामा जारी खड्गप्रसाद गौचन मेमोरियल यू–१९ क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा डीसीएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सीईसी) लाई ८ रनले पराजित गरेको हो ।

डीीएले दिएको ८९ रनको लक्ष्य पछ्याएको सीईसी २०.५ ओभरमा सबै विकेट गुमाएर ८१ रनमा समेटियो । सीईसीका लागि ओमकर यादवले ३४ तथा सिद्धान्त साउद र स्मिथ बुढाले समान १४–१४ रन बनाए । डीसीएका निरज ऐर, दिनेशराज जोशी र निशान्त रेग्मीले समान २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको डीसीएले २०.१ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनाएको थियो । डीसीएका आशिष लुहारले १७ र निरज ऐरले १४ रन जोडे ।

सीईसीका किरण घर्तीमगरले ४ तथा ओमकार यादव र सिवाकर श्रेष्ठले समान २–२ विकेट लिए । डीसीएले यसअघि शनिबार भएको खेलमा बुटवलको न्यू होइजन एकेडेमीलाई पराजित गरेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्