२९ असार २०८३, सोमबार

पर्सामा स्करपियोको ठक्करबाट पढेर फर्किरहेका बालकको मृत्यु

पर्सामा स्करपियोको ठक्करबाट पढेर फर्किरहेका बालकको मृत्यु

पर्साको ठोरीमा स्करपियो जीपको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ। 

ठोरीबाट वीरगञ्ज जाँदै गरेको बागमती प्रदेश-१ ०२७च-०३०३ नम्बरको स्कर्पियोले मंगलबार​ ठोरी गाउँपालिका-४ विजयवस्तीस्थित हुलाकी सडक खण्डमा कोचिङ पढेर घर फर्किँदै गरेको बालकलाई ठक्कर दिएको थियो। 

ठक्करबाट बालक विश्वास श्रेष्ठ घाइते भएका थिए। उनको टाउको र शरीरमा गम्भीर चोट लागि उपचारार्थ तराई अस्पताल वीरगञ्ज लगे पनि उपचारका क्रममा बिहान सवा १० बजे उनको मृत्यु भएको प्रहरी चौकी विजयवस्तीले जनाएको छ। 

दुर्घटनापश्चात् फरार रहेको उक्त जीप र त्यसका चालक चितवन माडी-३ बस्ने वर्ष २५ को पदम विलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।​ बालक श्रेष्ठको शवको मुचुल्का उठाई थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्