२० असार २०८३, शनिबार

‘केपी ओली कप २०२३’ को ट्रफी र अफिसियल गीत सार्वजनिक

‘केपी ओली कप २०२३’ को ट्रफी र अफिसियल गीत सार्वजनिक

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्रतियोगिताको ट्रफी अनावरण र अफिसियल गीत सार्वजनिक भएको छ । 

केपी ओली कप २०२३ राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन फागुन ११ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने भएको हो ।

फुटबल प्रतियोगिता १७ गतेसम्म चल्ने र फाइनल प्रतियोगिता सोही दिन हुने राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए।

प्रतियोगितामा ८ वटा ए डिभिजनका समूहहरू सहभागी हुने उनले बताए।

प्रतियोगितामा प्रथम हुने समूहलाई १० लाख रुपैयाँ, रनर अपलाई ५ लाख रुपैयाँ, बेस्ट प्लेयरलाई १ लाख रुपैयाँ, बेस्ट गोलकिपरलाई १ लाख रुपैयाँ, प्रत्येक म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ र प्रत्येक म्याचको विजेता टिमलाई २५ हजार रुपैयाँको दरले पुरस्कार राशि राखिएको उनले बताए।

अध्यक्ष पौडेलले केपी ओली राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष भएकाले उनको सम्मान गर्न र समकालीन नेतामध्ये ओलीले खेलकुद बुझेको र चासो राख्ने भएकाले उनको नाममा फुटबल प्रतियोगिता गरिएको बताए।

ओली समर्थकको ध्यानलाई खेलकुद क्षेत्रप्रति डाइभर्ट गर्न सकेमा खेलकुद क्षेत्रमा ठूलो लगानी र योगदान हुने सम्भावना बढ्ने भएकाले पनि यो प्रतियोगिता गरिएको उनले उल्लेख गरे। 

यस प्रतियोगिताले अन्य राजनीतिक दलहरूका भ्रातृ संगठनलाई पनि प्रतियोगिता गर्न प्रेरित गर्ने र खेल क्षेत्रमा आर्थिक क्षेत्र चलायमान हुने उनले उल्लेख गरे।

अध्यक्ष पौडेलले प्रतियोगिताको उद्घाटन खेल क्षेत्रका कुनै शिखर पुरुषले गर्ने बताए।

केपी ओलीको नामबाट प्रतियोगिता आयोजना भएको भए पनि ओली भने दर्शक, फुटबल प्रेमी र शुभचिन्तकको रूपमा मात्र उपस्थित हुनसक्ने उनले बताए। 

प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ बराबरको स्टमेट रहेको उनले जानकारी दिए। 

salt training

कमेन्ट गर्नुहोस्