१४ असार २०८३, आइतबार

सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन गरेको भन्दै बस तोडफोड

सार्वजनिक बिदाको दिन विद्यालय सञ्चालन गरेको भन्दै बस तोडफोड

सार्वजनिक बिदाका दिन विद्यालय खुलाएको भन्दै सर्लाहीमा विद्यालय बसमाथि तोडफोड गरिएको छ। 

हरिवन नगरपालिका-४, सासापुर गणेश चोकमा मंगलबार लालबन्दी १ नवलपुरमा रहेको पिस जोन अंग्रेजी आवासीय विद्यालयको ना१क ८८३४ नम्बरको बसमा तोडफोड भएको हो ।

सरकारले दिएको सार्वजनिक बिदालाई अटेर गरी विद्यालय खुलाएको भन्दै जनजाति युवा महासंघ सर्लाहीका कार्यकर्ताले स्कुल बसमा ढुंगा प्रहार गरेका हुन् ।

ढुंगा प्रहारबाट स्कुल बसका सिसाहरू फुटेका छन् । स्कुल बस तोडफोडमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आज ग्याल्पो ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएको छ। आज (मंगलबार) सर्लाहीमा निजी विद्यालय खुलेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्