२१ जेठ २०८३, बिहीबार

राष्ट्रपतिको उम्मेदवार छान्न एमाले सचिवालय बैठक जारी

फागुन १३, २०७९
राष्ट्रपतिको उम्मेदवार छान्न एमाले सचिवालय बैठक जारी

राष्ट्रपतिको उम्मेदवार छान्न नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ ।

पुस १० गतेको सहमति विपरित माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेपछिको अवस्थाबारे बैठकमा छलफल भइरहेको छ । 

माओवादीले कांग्रेसलाई समर्थन गरेपनि एमालेले उम्मेदवारी दिने तयारी गरेको छ । ‘उम्मेदवारी दिने तयारी गरेका छौं, कसलाई बनाउने भन्ने केहीबेरमा टुंगो लाग्ला,’ एक पदाधिकारीले लोकान्तरसँग भने । 

बैठकमा सरकारलाइ दिएको समर्थन के गर्ने भन्नेबारे समेत छलफल भइरहेको छ । 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि शनिवार उम्मेदवारी मनोनयनको कार्यतालिका छ । नेपाली कांग्रेसले भने रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्