२१ जेठ २०८३, बिहीबार

ओलीको पत्र पाएपछि एकीकृत समाजवादीले भन्यो–संवादको ढोका खुल्यो

फागुन १४, २०७९
ओलीको पत्र पाएपछि एकीकृत समाजवादीले भन्यो–संवादको ढोका खुल्यो

नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग संवादको ढोका खुलेको जनाएको छ ।  राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पत्र पठाएसँगै सो पार्टीले यससँगै औपचारिक रुपमा संवादको ढोका खुलेको जनाएको हो । 
पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवाद ज्ञापन गर्दै यसले औपचारिक रुपमा राजनीतिक संवादको ढोका खुलेको बताए । यद्यपि राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउन नसकिने एकीकृत समाजवादीको भनाइ छ । 
 ‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खोलिदिएको छ । राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ  राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण  निर्माण हुन सक्दछ ।’

एमालेबाट फुटेर एकीकृत समाजवादी बनेसँगै दुई पार्टीबीच तिक्तताको सम्बन्ध हुँदै आएकामा पछिल्लो पटक शनिबार ओलीले नेपाललाई पत्र पठाएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्