२१ असार २०८३, आइतबार

पूर्व प्रधानमन्त्रीको जिज्ञासा, ‘हामी कता जाँदैछौं ?’

फागुन १५, २०७९
पूर्व प्रधानमन्त्रीको जिज्ञासा, ‘हामी कता जाँदैछौं ?’

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिप्रति टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै सो टिप्पणी गरेका हुन् । 

उनले लेखेका छन्, “संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट, जनसरोकारका मुद्दा नास्ति, यही हो लोकतन्त्र ? हामी कता जाँदैछौं ?” आम निर्वाचनको तीन महिनाभित्र दुई गठबन्धन र सरकार परिवर्तनलाई उनले ‘नास्ति’ भनेका छन् । 

उनको ट्वीटमा लेखिएको छ, “आम निर्वाचनको तीन महिनाभित्र दुई गठबन्धन र सरकार परिवर्तन, गठबन्धनमा विचार, नीति, कार्यक्रमको कुनै तादाम्य नास्ति ! दल र नेताहरुको निम्ति राजकीय पदको भागबण्डा मुख्य मुद्दा । संसदको एउटा कार्यकालका लागि तीन प्रमको अग्रिम बाँडफाँट । जनसरोकारका मुद्दा नास्ति ! यही हो लोकतन्त्र ? हामी कता जाँदैछौं ?”

null

salt training

कमेन्ट गर्नुहोस्