
आइसिसी क्रिकेट वल्र्ड कप लिग २ मा नेपालले पपुवा न्युगिनीविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । युएईमा भइरहेकाे खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो ।
नेपालले २८ खेलबाट २६ अंक जोडेको छ । शीर्ष तीनमा परेर एक दिवसीय विश्वकप छनोटमा खेल्न नेपालले बाँकी ८ मध्ये ५ भन्दा बढी खेलमा जित निकाल्नुपर्ने हुन्छ । यसैले सहभागी सात टिममध्ये पुछारमा रहेको पपुवा न्युगिनीविरुद्धको खेल नेपालको लागि निक्कै महत्वपूर्ण हुनेछ । उसँगका दुवै खेल जित्न सके नेपालको अंक ३० पुग्नेछ ।
पपुवा न्गुगिनीले भने २८ खेल खेल्दा जम्मा ५ अंक मात्रै जोड्न सकेको छ ।
यसै सिरिजमा मार्च २ मा नेपालले युएई, मार्च ९ मा पपुवा न्युगिनी र १२ मार्चमा फेरि युएईविरुद्ध खेल्नेछ ।
युएईले २८ खेलमा २९ अंक जोडेको छ ।
सहभागी ७ टिममध्ये युएई पाँचौं र नेपाल छैठौं स्थानमा छ ।