२२ असार २०८३, सोमबार

प्रधानमन्त्रीले भारत भ्रमणमा लज्जाजनक कार्य गरेः ओली

कात्तिक २०, २०७४
प्रधानमन्त्रीले भारत भ्रमणमा लज्जाजनक कार्य गरेः ओली

काठमाडौं, ९ भदौ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले लज्जाजनक गतिविधि गरेको आरोप लगाएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै शुक्रबार थाइल्याण्ड उडेका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको भारत भ्रमणप्रति कडा टिप्पणी गरेका हुन् ।
‘उहाँले विदेश (भारत)मा गएर असान्दर्भिक रुपमा संविधानको सर्वस्वीकार्यताको कुरा उठाउनु भएको छ,’ ओलीले भने, ‘यो किन र कस्लाई खुसी पार्न भनिएको हो ?’

प्रधानमन्त्री देउवाले राष्ट्रिय स्वाभिमानको वास्ता नगरी असान्दर्भिक ढंगले भारतमा संविधानको सर्वस्वीकार्यताको कुरा उठाउनु कुरा उठाउनु लज्जाको विषय भएको ओलीको भनाइ थियो ।

‘उहाँ देशको प्रधानमन्त्री, यही संविधानअनुसार शपथ लिनु भएको, त्यही संविधानअन्तर्गत उहाँ प्रधानमन्त्री पनि हुनुभएको छ,’ ओलीले भने, ‘त्यसको सर्वस्वीकार्यताको कुरा उहाँले एकदमै असान्दर्भिक ढंगले । त्यहाँ कुनै प्रसंगै थिएन ।’

आफूले कटु शब्द प्रयोग नगर्ने सोच बनाएपछि पनि राम्रो शब्द प्रयोग गर्ने ठाउँ नै नदिएको ओलीको भनाइ थियो । संविधान संशोधनका विषयमा नेपालको संसदले गरेको फैसलाको प्रधानमन्त्रीले भारतमा गएर धज्जी उडाएको ओलीले आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्