२२ असार २०८३, सोमबार

एअर इन्डियाको खानामा किरा भेटिएपछि...

फागुन १६, २०७९
एअर इन्डियाको खानामा किरा भेटिएपछि...

एयर इन्डियाले आफ्ना उडानहरूमा दिइने खानाबारे गुनासोहरू पाइरहेको छ। 

एक यात्रुले आफ्नो बिजनेश क्लासको खानामा किरा फेला पारेका छन्। 

उक्त तस्वीर मास्टर सेफ सञ्जीव कपूरले सेयर गरेका छन्। उक्त पोस्टमा सञ्जीवले सोधेका छन्, 'के हामी भारतीयहरूले बिहानको खाजामा यो खाना खानुपर्छ ?

दुवै ट्वीट भाइरल भइरहेका छन् र कमेन्टमा अन्य यात्रुहरूले पनि खराब वा अस्वस्थ खानाका तस्वीहरू सेयर गरिरहेका छन्।

पहिलो घटना मुम्बईबाट चेन्नईको उडान नम्बर एआई ६७ १ मा भएको थियो। यात्रु महावीर जैनले राति सवा १० बजेतिर खानाको भिडियो पोस्ट गरेका थिए, जसमा प्लेटमा कीरा हिँडिरहेको देखिन्छ।

महावीर जैनले आफ्नो उडान र सिट नम्बर लेखेर सरसफाइको ख्याल नगरेको बताए ।

एयर इन्डियाले उनको ट्वीटको जवाफ दियो, 'प्रिय श्रीमान जैन, हामी तपाईलाई खराब उडान अनुभवको लागि माफी चाहन्छौं। हामी खाना सेवा गर्ने प्रक्रियाको प्रत्येक चरणमा स्वच्छताको ख्याल राख्छौं। हामी यो कुरा हाम्रो खानपान टोलीसँग भन्नेछौँ, ता कि गल्ती तुरुन्तै समीक्षा गरेर कारबाही गर्न सकियोस्।

salt training

कमेन्ट गर्नुहोस्