×

ग्रीनसिटीमा ३० किलो तौल भएको ट्युमरको सफल शल्यक्रिया

फागुन १९, २०७९

ग्रीनसिटी अस्पतालले ३० किलोभन्दा बढी तौल भएको पेटको ट्युमरको सफल शल्यक्रिया गरेको छ ।

काभ्रे स्थायी घर भई हाल भक्तपुर बस्ने ४९ वर्षीया रिता शेर्पाको शरीरबाट उक्त तौलबराबरको ट्युमर निकालिएको हो ।


Advertisment

कमजोर आर्थिक अवस्था रहेकी शेर्पालाई अस्पतालले निःशुल्क शल्यक्रिया गरी नयाँ जीवन दिएको हो। 


Advertisment

पेटको  ट्युमर शल्यक्रियाका लागि पाँच लाखभन्दा बढी खर्च गरेको र बाहिर जानुपरे ८ लाखभन्दा बढी खर्च लाग्ने अस्पतालले बताएको छ ।

शेर्पाजस्ता जटिल प्रकृतिका रोगको शल्यक्रियाहरू एक महिनामा २ जनाका लागि निःशुल्क रुपमा गर्दै आएको अस्पतालले बताएको छ ।

शल्यक्रियाअघि शेर्पाको पेटमा ३० केजीको भारीले हिँड्न नमिल्ने,खाना बस्न समेत अप्ठ्यारो थियो ।

अहिले सफल शल्यक्रियापछि सामान्य अवस्थामा आएको शेर्पाले बताइन्।

'पेट ठूलो भएर हिँड्न पनि नमिल्ने , खाना  खान बस्दा पेटमा खानाको थाल राख्नुपर्ने, लुगा धुँदा पेटलाई नै लुगा मिच्ने टेबल बनाउनुपर्ने हुँदा धेरै गाह्रो भएको थियो । मैले दुई वर्षसम्म त आफ्नो खुट्टा नै हेर्न सकिनँ, पेटले छेकेर । तर डाक्टरसा'बले अहिले मेरो पेटको समस्या ठीक पारिदिनुभयो। उहाँहरूलाई धेरै–धेरै धन्यवाद र ग्रीनसिटी अस्पताललाई पनि धेरै धन्यवाद मेरो उपचार गरिदिनुभएकोमा,' रिताले खुशी हुँदै भनिन्। 

शेर्पाको शल्यक्रिया गर्ने डा. रुपा झाले बिरामीको तत्काल शल्यक्रिया गर्दा स्वास्थ्यमा अन्य धेरै जटिल समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी सफलतापूर्वक शल्यक्रिया गरिएको बताइन् । साधारण अवस्था नभए पनि सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको उनको भनाइ थियो।

null

बिरामीलाई स्वस्थ बनाउन पाउँदा र खुशी भएको देख्न पाउनु आफ्नो सफलता भएको उनले बताइन्। 

साथै अस्पतालले २९ वर्षीय किसनबहादुर तमोटाको पनि उपचार गरेको छ। उनी खानाकाे नलीको समस्याका बिरामी थिए ।

उनलाई सामाजिक अभियन्ताहरूले ग्रीनसिटीमा भर्ना गराएका थिए। उनको भारतमा ८ पटक शल्यक्रिया भएको थियो । तर पनि ठीक भएको थिएन। 

'मेरो पेटको शल्यक्रिया भारतमा ८ पटक गरियो तर पनि समस्या उस्ताको उस्तै रह्यो। मेरो नाइटो बाहिर दिशा गर्ने आन्द्रा झुन्ड्याइएको थियो। दिशा मलद्वारबाट नभएर नाइटोबाट हुन्थ्यो। भारतमा उपचार गर्दा सबै सम्पत्ति सक्यौँ, ऋण पनि लाग्यो, तर रोग ठीक भएन।'

सामाजिक अभियन्ताले उनलाई अस्पतालसम्म ल्याएका उनले बताए। उपचारपछि उनले खुशी हुँदै अस्पताल र चिकित्सकीय टीमलाई धन्यवाद दिए। 
null

अस्पतालले जटिल प्रकृतिका रोगको निःशुल्क उपचार गर्न लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ ।

 

 

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

असार ९, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x