२५ जेठ २०८३, सोमबार

कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा

फागुन २०, २०७९
कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा

कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएको छ । विगतमा प्रयोगशाला नहुँदा प्रदेशबाहिर कुनै पनि रोगको परीक्षण गर्न पठाउनुपर्ने अवस्था थियो । अब प्रदेशको आफ्नै प्रयोगशाला सञ्चालनमा आएपछि सहज हुने भएको छ । 

शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईंले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरे । सो क्रममा उनले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताए ।

उनले प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै  प्रयोगशालालाई अन्वेषण केन्द्रका रूपमा पनि विकसित गर्न लागिने जानकारी दिए ।
प्रयोगशालामा नौ जना प्राविधिकको दरबन्दी भए पनि हाल तीन जना मात्रै पूर्ति भएको छ । अन्य गरी कूल १६ जना जनशक्ति छन् । प्रयोगशालाका ल्याब टेक्निसियन एवं सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने रोग, सङ्क्रामक रोग, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्