३१ असार २०८३, बुधबार

आयोगले मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउँदै

फागुन २६, २०७९
आयोगले मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउँदै

निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउन लागेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार ऐनले गरेको व्यवस्थाअनुसार प्रतिवेदन बुझाउन लागिएको हो ।

हिजो सम्पन्न राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन् । संघ तर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रदेशतर्फ सात हजार ७७६ र संघतर्फ सात हजार ७४२ गरी कुल १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए । प्रतिवेदन आज दिउँसो बुझाउने आयोगले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्