०२ साउन २०८३, शनिबार

आफ्नो क्लबले हारेपछि मैदानबाहिर बोतललाई लात हान्दै हिँडे रोनाल्डो (भिडियो)

फागुन २६, २०७९
आफ्नो क्लबले हारेपछि मैदानबाहिर बोतललाई लात हान्दै हिँडे रोनाल्डो (भिडियो)

क्रिस्टियानो रोनाल्डो आफ्नो अल–नासर टीम साउदी प्रो लीगमा अल–इत्तिहादसँग १–० ले हारेपछि रिसाउँदै मैदानबाहिर निस्केका छन् । 

मैदानबाट निस्केर जाँदै गर्दा रोनाल्डोले पानीको बोतललाई लात हान्दै हिँडेका थिए । 

यस खेल सहित लगातार दोस्रोपटक रोनाल्डोले कुनै गोल गर्न सकेनन् । अल–इत्तिहादका गोलकीपर मार्सेलो ग्रोहेले रोनाल्डोको कडा प्रहारलाई गोल हुन दिएका थिएनन् । 

अल–इत्तिहादका रोमारिन्होले खेलको ८० मिनेटमा गोल गरी क्लबलाई जिताएका थिए । क्लबका समर्थकहरूले लगातार लियोनल मेसीको नाम लिएर रोनाल्डोलाई चिढ्याएका थिए । 

रोनाल्डोले लीगका सातवटा खेलमा आठ गोल गरेका छन् । मैदान छोड्नुअघि उनले क्याप्टेनको पट्टा निकालेका थिए र रिसको चुरमा त्यसलाई झण्डै फ्याँकेका थिए । 

पछि चाहिँ उनले पानीका बोतललाई लात हान्दै हिँडे । 
 

salt training

कमेन्ट गर्नुहोस्