×

NMB BANK
NIC ASIA

संघीय शिक्षा विधेयक तत्काल संसद्मा पेश गर्न सरोकारवालाको आग्रह

फागुन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय शिक्षा विधेयक तत्काल संसद्मा पेश गर्न शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले आग्रह गरेका छन् ।

Muktinath Bank

रुपन्देहीस्थित बुद्धजन्मस्थल लुम्बिनीमा आइतबार बिहान आयोजित कार्यक्रममा सहभागी शिक्षा सरोकारवाला, सञ्चारसम्बद्ध संघ–संगठन, जनप्रतिनिधि र अभियन्ताले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष संघीय शिक्षा विधेयक तत्काल सार्वजनिक गर्न आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विधेयक सार्वजनिक गरेर सरोकारवालाबीच छलफल सञ्चालन गरेर संघीयताको मर्मअनुरुप  शिक्षा ऐन छिटोभन्दा छिटो जारी गर्न उनीहरूले अनुरोध गरे । 


Advertisment
Nabil box
Kumari

लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित अपिल सार्वजनिक कार्यक्रममा लुम्बिनी प्रदेशका शिक्षामन्त्री चन्द्रकेश गुप्ताले शिक्षक राजनीति भन्दा टाढा बस्नुपर्ने बताए  ।

Vianet communication
Laxmi Bank

शिक्षा ऐन छिटो जारी गराउन प्रदेश सरकारले पहल गर्ने उनले बताए ।  

शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षा क्षेत्रमा अझै पनि संघीयताको मर्मविपरित केन्द्रीकृत मानसिकता हाबी रहेको बताए  । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रबनारायण चौधरी, लुम्बिनी सांस्कृतीक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनलगायतले शासकीय प्रक्रिया भन्दा अभिभावक टाढा रहेको सुनाए । 

गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष उमेशचन्द्र यादव, शिक्षक महासंघ प्रदेश सहअध्यक्ष छविलाल पाण्डे, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ केन्द्रीय अध्यक्ष कृष्ण थापा, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रीय सचिव टेकराज अवस्थी, नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरि, शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्ल, शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल, शिक्षाविद प्राध्यापक डा. विद्यानाथ कोइराला, शिक्षा नीति तथा अभ्यास केन्द्रका अभियान्ता टीका भट्टराई, मदरसा शिक्षा सुधार समाजका अध्यक्ष अब्दुल रउफ र अन्तराष्ट्रिय बौद्ध समाजका संस्थापक अध्यक्ष भिक्षु मैत्रीद्वार जारी जारी अपिलमा शिक्षा ऐन ल्याउन तदारुकता नल्याउनुले नेतृत्वको अपरिपक्वता देखिनुका साथै संङ्घीयता विरुद्ध वितृष्णा फैलाउने स्वार्थ समूहलाई नै सघाऊ पुगिरहेको उल्लेख छ ।

यस्तो छ अपिल

​शिक्षा समानताको कारक हो, विभेदको उपचार हो । आर्थिक उन्नति र समृद्धिको आधार पनि हो । देशमा दशकौं देखि शिक्षा सबैका पहुँचमा र सबैका लागि उपयोगी बनाउने प्रयत्न जारी छ । वि.सं. २०११ देखि २०२८ को नयाँ शिक्षा योजना हुँदै सबैका लागि शिक्षा जस्ता प्रयत्नहरू गरिएका छन् । यसो हँुदाहुँदै पनि शिक्षाका क्षेत्रमा अपेक्षित नतिजा प्राप्त गर्न सकिएको छैन । यसमा शासकीय प्रबन्ध र शैक्षणिक सवालहरू नै जिम्मेवार छन् । शासकीय प्रक्रियामा अझ अभिभावकहरू धेरै टाढिएका छन् । संघीयताको मर्मविपरित केन्द्रीयकरणको प्रवृत्ति हाबी छ ।

 नेपालको संविधान २०७२ अनुसार विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारले पाएको छ । यस अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा ऐन निर्माण भयो तर शिक्षा ऐन भने २०२८ बाटै काम चलाइएको छ । संघीय शिक्षा ऐनबिना नै पालिका एवं प्रादेशिक तथा सङ्घीय सरकारले एक कार्यकाल पूरा गरेका छन् । तत्काल आफ्नो सत्ताभोगसँग सम्बन्धित नरहेकाले दीर्घकालीन प्रभाव राख्ने शिक्षा जस्तो विषय सञ्चालन गर्ने ऐन ल्याउन तदारुकता नल्याउनुले नेतृत्वको अपरिपक्वता मात्र देखिएको नभई संङ्घीयता विरुद्ध वितृष्णा फैलाउने स्वार्थ समूहलाई नै सघाऊ पुगिरहेको छ । 

अतः हामी शिक्षा सरोकार राख्ने सञ्चारसँग संबद्ध संघ–संगठन, अभियन्ता एवं संस्थाहरू निम्न कामहरूलाई एकसाथ अघि बढाई सङ्घीय शिक्षा ऐनको विधेयक संसद्मा तत्काल पठाउन सरकारसँग शान्तिको मुहान बुद्ध जन्मस्थल लुम्बिनीबाट आग्रह गर्दछौं । 

१.संघीय शिक्षा ऐनका लागि तयार पारिएको विधेयकलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल सार्वजनिक गरोस् । 
२. विधेयक सार्वजनिक गरेपछि सरोकारवालाबीच यसका प्रावधानहरूबारे सघन छलफल गराइयोस् । 
३.छलफलबाट प्राप्त सुझाबलाई समेटी संघीयताको मर्मअनुरुप संघीय शिक्षा ऐनको मस्यौदालाई संसदबाट पारितका लागि टेबुल गरियोस् । 
४. उपर्युक्त प्रक्रियालाई तत्काल शुरु गरी संघीय शिक्षा ऐन छिटोभन्दा छिटो जारी गरियोस् ।     

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x