२२ असार २०८३, सोमबार

जसपा बारा जिल्ला पूर्वअध्यक्ष पटेल सीआईबीको नियन्त्रणमा

फागुन ३०, २०७९
जसपा बारा जिल्ला पूर्वअध्यक्ष पटेल सीआईबीको नियन्त्रणमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले जसपा बारा जिल्ला पूर्वअध्यक्ष अजय पटेललाई नियन्त्रणमा लिएको छ ।

बारा जिल्ला परवानीपुर नगरपालिका ५ निवासी ४५ वर्षीय पटेलले ६० करोडभन्दा बढी रकमको जग्गामा किर्ते कागज बनाई मालपोतको कर्मचारीको मिलेमतोमा आफूलाई हुँदै नभएको मोही कायम गराउन खोजेको आरोपमा किर्ते मुद्दामा सोही जिल्लाबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।

पटेललाई बारा वडा नम्बर ६ बहुअरीको कित्ता नम्बर ४ को ६ बिघा वडा नम्बर ८ को कित्ता नम्बर १३४ को ३ बिगाह र कित्ता नम्बर १४८०,१०७८ र १४७९ गरी १८ कठ्ठा र वडा नम्बरको ५ को कित्ता नम्बर १ को १७ कठ्ठा गरी १० बिघा र १५ कठ्ठा क्षेत्रफल रहेको जग्गाको नक्कली कागज बनाई हुँदै नभएको मोही कायम गराउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले काठमाडौं विशालनगरका विजयमणि दीक्षितको नाम रहेको जग्गामा जनता समाजवादी पार्टीको झण्डा गाडी कब्जामा लिएर पोखरी खनी माछापालन व्यवसाय चलाउँदै वार्षिक लाखौँ कमाउँदै आइरहेका थिए। 

जग्गा धनी दीक्षितले आफ्नो उक्त जग्गा बिक्रीको लागि बाटो सिफारिस लिन बाराको वडा २ कार्यालय पुग्दा र जग्गा खरिद गर्न हेर्न जाँदा पटेलसहित आएको समूहले भौतिक रुपमा आक्रमण गरि घाइते बनाएका थिए ।

हाल पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

                                                                                                                                                                                                                  *भूलवश राखिएको यसअघिको शीर्षक सच्याइएको छ- सम्पादक 

salt training

कमेन्ट गर्नुहोस्