काठमाडौँ, १२ भदौ - प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मङ्सिर १० का लागि तय भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दुई चरणमा गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।
काँग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधिसहितको टोलीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनको मिति घोषणा गरेकोमा सरकारलाई दिएको धन्यवाद पत्रमा पनि निर्वाचन दुई चरणमा हुनसक्ने स्मरण गराएको जानकारी दिए, गोरखापत्रमा खबर छ ।
प्रमुख आयुक्त यादवले भने , “निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्न आयोगलाई प्रधानमन्त्री, सरकार, राजनीतिक दल, उम्मेदवार, दलका नेता कार्यकर्ता, समाचारमाध्यम, नागरिक समाज सबैको सहयोग आवश्यक पर्छ । त्यतिले मात्र प्ुग्दैन, प्रकृतिले पनि सहयोग गर्नुपर्ने हुन्छ । ”