३१ असार २०८३, बुधबार

नेपालको ओडीआई वरीयता सुधार, नामिबियालाई उछिन्यो

नेपालको ओडीआई वरीयता सुधार, नामिबियालाई उछिन्यो

लगातार जीत हासिल गरिरहेको नेपाली क्रिकेटले ओडीआई वरीयतामा एक स्थान सुधार गरेको छ। 

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ।

नेपाली क्रिकेट टिमले पछिल्ला खेलहरूमा उच्च सफलता प्राप्ता गरिरहेको छ। 

यस क्रममा नेपालले नामिबियालाई उछिनेको हो।  

नयाँ वरीयताअनुसार नेपालभन्दा पछि नामिबिया १७ औं स्थानमा छ। त्यसैगरी अमेरिका १८ औं, यूएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा रहेका छन्। नेपालभन्दा अघि भने ओमान छ। त्यसैगरी नेदरल्यान्ड्स १४ औं स्थानमा रहँदा जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छन् ।

ओडीआई वरीयताको शीर्ष स्थानमा भारत छ भने दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा न्युजिल्याण्ड छ। त्यस्तै चौथोमा इंग्ल्याण्ड र पाँचौँमा पाकिस्तान छन्। 

अफगानिस्तान भने नवौंमा रहँदा वेष्ट इन्डिज १० औं स्थानमा छ। 

आईसीसी विश्वकप लिग डिभिजन २ अन्तर्गत नेपालले पछिल्ला खेलहरूमा समातेको लयका कारण एक स्थान माथि उक्लिन सफल भएको हो। 

लगातार जित हासिल गरेको नेपालले ओडीआईको लिग २ मा आफ्नो स्थान सुरक्षित बनाएको छ।

नेपालले भोलि यूएईसँग यो सिरिजको अन्तिम खेल खेल्दै छ। यदि यूएईसँग पराजित भए वा खेल हुन नसके नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्लेअफ क्वालिफायरमा शीर्ष २ मा पर्न सके नेपालले पुनः विश्वकप छनोट खेल्न पाउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्