२२ असार २०८३, सोमबार
विश्वासको मत लिँदै प्रचण्ड

पहिला ९९ प्रतिशतको समर्थन थियो, भोलि शतप्रतिशत नै हुन्छ- प्रचण्ड

पहिला ९९ प्रतिशतको समर्थन थियो, भोलि शतप्रतिशत नै हुन्छ- प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमबारको प्रतिनिधि सभा बैठकबाट सय प्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा राखेको बताएका छन्। 

आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले सोमबार (भोलि) सय प्रतिशत सांसदहरूको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताए।

उनले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

उनलाई हालसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र लोसपाले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

उनले यो कार्याकालमा पहिलो पटक पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए।  

salt training

कमेन्ट गर्नुहोस्