२४ जेठ २०८३, आइतबार

अघोषित रूपमा मारिउपोल पुगे पुटिन

चैत ५, २०७९
अघोषित रूपमा मारिउपोल पुगे पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अघोषित रूपमा मारिउपोल शहरको भ्रमण गरेका छन् । 

डोनबास क्षेत्रमा रहेको उक्त शहर पोहोर साल रुसले युक्रेनबाट खोसेको हो । गत सेप्टेम्बर महिनामा भएको जनमतसंग्रहमा मारिउपोल रहेको डोनेत्स्क जनगणतन्त्र रुससँग मिसिएको थियो । 

पुटिन हेलिकप्टर चढेर मारिउपोल पुगेका हुन् । उनीसँग रुसका उपप्रधानमन्त्री मारात खुस्नुलिन पनि रहेको रुसी सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

मारिउपोलमा भइरहेका पुनर्निर्माणको प्रगतिको अवलोकन गर्न पुटिन त्यहाँ पुगेका हुन् । शहरका विभिन्न महत्त्वपूर्ण स्थानमा उनी पुगेको बताइएको छ । 

मारिउपोलका सडकमा उनले गाडी पनि चलाएका थिए अनि स्थानीय बासिन्दाहरूसँग कुराकानी पनि गरेका थिए । 

रुसले युक्रेनविरुद्ध चलाएको सैन्य कारवाहीमा मारिउपोल नियन्त्रणमा लिनु रुसको सबभन्दा ठूलो विजय मानिन्छ । त्यस शहरमा पुटिनले अहिले भ्रमण गर्ने अपेक्षा थिएन । 
 

salt training

कमेन्ट गर्नुहोस्