२१ असार २०८३, आइतबार

नेपाल आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी

नेपाल आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी

कपिलवस्तुको नेपाल आदर्श बहुमुखी क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियु विजयी भएको छ ।

आइतवार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियुका सभापति पदका उम्मेदवार रामकुमार तेली १७६ मत ल्याउँदै विजयी भएका हुन् ।

अध्यक्षमा लोकतान्त्रिक प्यानलका सुनिल हरिजनले ११९ मत मात्र ल्याए । सचिवमा अनेरास्ववियुका अर्जुन बेल्वासेले १८१ मत ल्याएर विजयी भए । 

लोकतान्त्रिक प्यालनका शतिस पालले १०८ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुकै गृन्जा थारु विजयी भएकी छन् । थारुले १९४ मत ल्याउँदा लोकतान्त्रिक प्यानलका बन्दना कुर्मीले ११४ मत ल्याइन् । 

salt training

कमेन्ट गर्नुहोस्