३० असार २०८३, मंगलबार
एआईजी बढुवा

सरकारद्वारा ५ डीआईजीलाई एआईजीमा बढुवा

सरकारद्वारा ५ डीआईजीलाई एआईजीमा बढुवा

सरकारले पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले डीआईजीहरू क्रमश: वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।

बढुवाका लागि गृहमन्त्रालयले पाँचै जनाको नाम सिफारिश गरेको थियो ।

यिनै एआईजीमध्येबाट एक जना यही चैत ११ गते प्रहरी महानिरीक्षक आईजीपी नियुक्त हुनेछन् ।

शीर्ष वरीयतामा रहेकाले आईजीपीमा एआईजी कुँवरको सम्भावना बलियो छ ।

salt training

कमेन्ट गर्नुहोस्