२२ असार २०८३, सोमबार
प्रधानमन्त्रीलाई विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक जिते संसद्को विश्वास– पक्षमा १७२ र विपक्षमा ८९ मत

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक जिते संसद्को विश्वास– पक्षमा १७२ र विपक्षमा ८९ मत

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् ।​ 

सोमवार भएको मत विभाजनमा प्रचण्डको पक्षमा१ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ सांसद बैठकमा उपस्थित थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा, नेकपा एकीकृत, जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले प्रचण्डलाई मत दिएका छन् ।

नेकपा एमाले र राप्रपाले प्रचण्डको विपक्षमा मतदान गरेका छन् । नेमकिपाका १ सांसद भने पक्ष र विपक्ष दुवैतिर मत दिन्नँ भन्ने पक्षमा रहे ।

नेकपा एमालेसहितका ७ दलको प्रस्तावमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत जितेका थिए । त्यो बेला प्रचण्डले प्रतिनिधि सभाका २७५ मध्ये २६८ सांसदको समर्थन प्राप्त गरेका थिए । 

सोमवार संसदमा विश्वासको मत माग्दै प्रचण्डले यति छिट्टै दोस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्थाको कल्पना नगरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्