२१ जेठ २०८३, बिहीबार

गाउँपालिका महासंघ सुदूरपश्चिमको अध्यक्षमा शाही निर्वाचित

गाउँपालिका महासंघ सुदूरपश्चिमको अध्यक्षमा शाही निर्वाचित

गाउँपालिका महासंघ सुदूरपश्चिमको दोस्रो अधिवेशनबाट लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा खप्तडछान्ना गाउँपालिका बझाङका अध्यक्ष उत्तमबहादुर रोकाया निर्वाचित भएका छन् ।

सचिव र सहसचिवमा क्रमशः गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया र तुर्माखाद गाउँपालिका अछामका अध्यक्ष डम्बरबहादुर बिसी निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा मार्मा गाउँपालिका अध्यक्ष जमानसिंह धामी निर्वाचित भएका छन् ।

सदस्यमा नृप खड्का, भगवती चौधरी, विष्णुदेवी नाथ, जगतसिंह ठगुन्ना, मञ्जु महरा, डोल्मा तामाङ, माधवी जोशी, वसन्तबहादुर चलाउने, मैना रावल र रेखादेवी कठरिया निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्