२१ जेठ २०८३, बिहीबार

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढ्न थालेको छ। 

जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनामा यता राहदानी बनाउनेहरू बढ्न थालेका हुन्। 

दिनहुँ राहदानी बनाउने सेवाग्राहीको संख्या बढ्ने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार गत फागुनमा सात सय २८ जनाले नागरिकता लिएका थिए भने २ हजार दुई सय ८९ जनाले राहदानी लिएका थिए । यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब दुई हजार चार सय जनाले फोटो खिचाएका छन् । 

यस्तै गत माघमा राहदानी लिनेको संख्या १ हजार ४ सय ७९ जना रहेकामा नागरिकता बनाउने १ हजार ९० जना रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी प्रतिलिपि नागरिकता ६ सय १३ जनाले र राष्ट्रिय परिचयपत्र २ सय हजार ८१ जनाले लिएका छन् ।

गत पुसमा ७ सय ६० जनाले नागरिकता बनाएका थिए भने राहदानी लिने संख्या भने १ हजार तीन सय ७१ थियो।

राष्ट्रिय परिचय पत्रका लागि २ हजार १६ जनाले फोटो खिचाएका छन्। जिल्ला प्रशासनले टाइम कार्ड र टोकनको शुरूआत गरेसँगै सेवा प्राप्तीमा सहज भएको सेवाग्राहीले बताएका छन् । बिदाका दिनसमेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण गरिरहेको प्रजिअ पौडलले बताए। 

salt training

कमेन्ट गर्नुहोस्