![विश्व कीर्तिमान बन्न सक्छ गोलकिपरको प्रहार, कसैलाई नछोई भयो गोल [भिडियो]](https://lktcdn2.prixacdn.net/media/chile-goal_HKHa9qveJw.jpg)
ल्याटिन अमेरिकाको चिलीमा भएको शीर्ष डिभिजन फुटबल लिगमा अचम्मको गोल देखिएको छ ।
कोब्रेसल क्लबका टोलीका अर्जेन्टिनी गोलकिपर लिआन्ड्रो रेक्वेनाले आफ्नो बक्सबाट सीधै प्रहार गरेको बल वपक्षी टिमको पोस्टभित्र पसेपछि गोल भएको हो। उनले प्रहार गरेको बल कुनै पनि खेलाडीलाई नछोई बल गोल भएको हो।
चिलीको खेलकुद च्यानल टीएनटी स्पोर्ट्सका अनुसार गोलले १०१ मिटरको दूरी तय गरेको थियो। गिनिज बुक अफ वर्ल्ड रेकर्डले प्रमाणित गरे यसले फुटबल इतिहासमा सबैभन्दा लामो दूरीको गोल रेकर्ड तोड्नेछ।
उक्त खेलमा काब्रेसेल भने कोलोकोलोलाई ३-१ ले पराजित भयो।
खेलको ७७ औं मिनेटसम्म कोब्रेसल टोलीले २-० को अग्रता बनाएको थियो। कोब्रेसलका गोलकिपर लिआन्ड्रो रेक्वेनाले पेनाल्टी बक्सबाट लामो सट प्रहार गरेका थिए। तर कोलोकोलो टोलीका गोलकिपर ब्राय कोर्टेस पेनाल्टी बक्सबाहिर थिए। उनले टाउकामाथि आएको बल हेर्दाहेर्दै गोलमा परिणत भयो।