×

Nic Asia
Dabur
Prabhu Bank

सरसर्ती २४ घण्टा

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा

चैत १२, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी गरेका छन् । प्रचण्डले दलहरुसँग छलफल गरेर सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् । 
प्रधानमन्त्रीको दल माओवादी केन्द्रले सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय नै गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
००००
सरकारमा नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा कांग्रेसले ८ वटा मन्त्रालय पाउने सहमति भएको हो ।
जसअनुसार कांग्रेसभित्र यसबारे छलफल भएर कसको  नेतृत्वमा सरकारमा जाने भन्नेबारे सामान्य छलफल भएको छ । शनिबार सभापति निवासमा बसेको पदाधिकारी बैठकमा देउवाले पार्टीले ८ वटा मन्त्रालय पाउने सहमति भएको जानकारी दिएका थिए । बैठकमा पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने कि भन्नेबारे सामान्य छलफल भएको कांग्रेस स्रोतले बतायो ।
००००
यसैगरी माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५  वटा मन्त्रालय पाउने मोटामोटी सहमति भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा सो सहमति भएको हो । 
बालुवाटार स्रोतका अनुसार  एकीकृत समाजवादीले २ वटा मन्त्रालय तथा जसपाले पनि २ वटै मन्त्रालय पाउने गरी सकारात्मक छलफल भएको छ । 
सरकारमा सहभागी हुन चाहने अन्य पार्टीलाई भने १–१ वटा मन्त्रालय दिनेगरी सहमति भएको छ । कसले कुन मन्त्रालय लिने भन्नेबारे आइतबार थप छलफल हुने बताइएको छ । 
००००
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा एमाले नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका छन् ।    
संसदीय दलका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले समर्थन फिर्ता लिएसँगै वर्तमान गण्डकी प्रदेश सरकार अल्पमतमा परेको भन्दै कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका हुन् ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सुधार्न विशेष महत्व दिएको बताएका छन् ।
निकै कमजोर अवस्थामा रहेको निगमको हालको अवस्थालाई सुधारेर साँच्चिकै गौरव गर्न लायक ध्वजावाहक बनाउन विभिन्न प्रयत्न भइरहेको उनले उल्लेख गरे ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल–भारतबीचको सम्बन्ध परम्परागतदेखि प्रगाढ रहिआएको बताएका छन् ।
नेपाल–भारतका पत्रकारको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ले ईशनाथ नगरपालिकाको ईशनाथ मठ परिसरमा शनिबार आयोजना गरेको नेपाल–भारतमैत्री संवादमा उनले नेपाल–भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहिआएकाले यसलाई अझ सबल बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
००००
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी समृद्ध समाज निर्माणको अभियानमा जुटेको बताएका छन् । कपिलवस्तुको सिद्धार्थ क्याम्पस शनिबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई समृद्ध बनाउने योजना आफूले सुरु गरेको दाबी गरे ।
००००
कोशी प्रदेश नामकरणको विरोधमा मृत्यु भएका पदम लिम्बू घटनाको छानबिन गर्न सरकारले समिति बनाउने निर्णय गरेको छ।  गत चैत ५ गते भएको घटनामा लिम्बूको मृत्यु भएको थियो।
००००
राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश तहका संरचना आर्थिक र राजनीतिक रूपले बोझ बनेको टिप्पणी गरेका छन्। यी संरचना हटाउनेबारे विचार गर्न पनि उनले आह्वान गरेका छन्। 
सामाजिक सञ्जालमा थापाले राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रुपमा रहेको नेपाली सेनाको संख्या घटाउने निरर्थक बहस गर्नुको सट्टा देशलाई आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउनुपर्ने अभिव्यक्ति दिएका हुन्।
००००
त्रिभुवन विश्वविद्यालय समन्वय महाशाखाले अनुमति बिना अध्ययन तथा अनुसन्धान गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । 
महाशाखाले एक सूचना जारी गर्दै विश्वविद्यालयको स्थायी सेवामा रहेका शिक्षक तथा कर्मचारीहरूले शैक्षिक उपाधि प्राप्त हुने गरी थप अध्ययन तथा अनुसन्धान कार्य गर्नुपरेमा शिक्षाध्यक्षको कार्यालयबाट अनिवार्यरूपमा पूर्वस्वीकृति लिनुपर्ने स्पष्ट गरेको छ ।

yONNEX
Frooti
Appy

Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Lokantar App
Saurya island
JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २४, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी विरुद्धको र...

जेठ २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा राज्यमन्त्रीले गरेको स्वागतबाट आफू अपमानित नभएको दाबी गरेका छन् ।  बुधवार राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री...

जेठ २४, २०८०

कोशी प्रदेश सरकारले प्रदेशको नामकरणमा असन्तुष्ट पक्षसँग वार्ता गर्न समिति बनाएको छ ।  आज (बुधवार) बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नामकरणमा असन्तष्टि जनाउँदै आन्दोलनरत पक्षसँग वार्ता गर्न खानेपानी तथा सिचा...

जेठ २४, २०८०

नक्कली शरणार्थी प्रकरणमा चौथो दिनको सुनुवाइका क्रममा प्रतिवादी केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहसको शुरूआत गरे । दुलाल कसूरदार नभएर उल्टै पीडित भएको उनको जिकिर थियो । ठगीको परिभाषा भित्र पर्नुप...

जेठ २४, २०८०

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर बेपत्ता सीटीईभीटीका कर्मचारी चढेकोे गाडी र २ जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले फेला पारेको छ । बेपत्तामध्ये १ जना भने फ...

जेठ २४, २०८०

संघीय संसद्‍अन्तर्गत आज दुवै सदनको अलग-अलग बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजेबाट शुरू हुनेछ । प्रतिनिधि सभामा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सांस...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x