०४ असार २०८३, बिहीबार

मोटरसाइकलको ठक्करबाट नाङ्लेभारेमा एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट नाङ्लेभारेमा एक जनाको मृत्यु

काठमाडौँको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको गए राति मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका तामाङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि शङ्खरापुर अस्पताल पठाइएको प्रवक्ता भट्टले बताए। 

salt training

कमेन्ट गर्नुहोस्