०२ साउन २०८३, शनिबार

जावलाखेल युथ क्लबलाई पराजित गर्दै विराटनगर सिटी फाइनलमा प्रवेश

जावलाखेल युथ क्लबलाई पराजित गर्दै विराटनगर सिटी फाइनलमा प्रवेश
प्रतिकात्मक तस्वीर

सातौं संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद रंगशालामा सोमवार राति भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो ।

खेलमा ‘म्यान अफ दि म्याच’ विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भई नगद ११ हजार रुपैयाँ प्रदान गरिएको छ । विराटनगर सिटीका  प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीको मेहनतका कारण विजयी हासिल गर्न सफल भएको विचार राखे ।

जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार व्यहोर्नुपरेको बताए ।

गोल्डकपको मंगलवार हुने अन्तिम सेमिफाइनल खेलमा भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टीम एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्